Need Help ?
Call: +977-061465096

माध्यमिक तहका शिक्षकहरुको पदस्थापना सम्बन्धी जिल्ला शिक्षा कार्यालयहरुलाई जरुरी सूचना

प्रकाशित मिती:  २०७३-०९-२७

शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरको  च.नं. ४९० मिति २०७३/०८/१३ एवम् शिक्षा विभाग, विद्यालय शिक्षक व्यवस्थापन शाखा, सानोठिमी, भक्तपुरको च.नं. ४५ मिति २०७३/०९/०८ को पत्रबाट प्राप्त निर्देशन एवम् पदस्थापन गर्नुपर्ने शिक्षकहरुको विषयगत एकिकृत योग्यताक्रम समेतलाई आधार मानी निर्देशनालयको मिति २०७३/०९/२५ को निर्णयानुसार यस क्षेत्र अन्तर्गत सिफारिस भएका शिक्षकहरुको जिल्लागत पदस्थापन गरिएको छ । उक्त निर्णयलाई निर्देशनालयको च.नं. ३६९ मिति २०७३/०९/२५ को पत्रबाट पत्राचार समेत गरिसकिएको छ । पत्र हुलाक मार्फत पठाइएकोले सम्भावित ढिलाईलाई मध्यनजर गरी उक्त पत्र र पदस्थापन सम्बन्धी निर्देशन तपसिलमा उल्लख भएबमोजिम एट्‍याच गरी पठाइएको छ । यसै सूचनालाई आधिकारीक मानी जिल्ला शिक्षा कार्यालयहरुले नयाँ नियुक्त हुने शिक्षकहरुको पदस्थापन सम्बन्धी कार्य गर्नुगराउनुहुन अनुरोध गरिन्छ ।